ताजा समाचार

समाजवादी–राजपा एकता भएपछि काँग्रेस सभापति खुशी, संसदीय प्रणाली मजवुद हुने विश्वास

विहीबार, ११ बैशाख २०७७, १८ : ०९

 समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा काँग्रेस सभापति शेर बहादुर देउवाले खुसी व्यक्त गरेका छन् । 

सभापति देउवाले आज एक विज्ञप्ती निकालेर दुई पार्टीको एकताले आफू खुसी भएको भन्दै पार्टीको तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गरेका हुन् । 

सभापति देउवाले दुई पार्टीको एकताले बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीला मजवुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । 

‘संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त गर्दछु’, देउवाले भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

विहीबार, ११ बैशाख २०७७, १८ : ०९

प्रतिक्रिया