कोरोना रोकथाम तथा नियन्त्रण गर्न अब सबै पालिकामा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ ।
सरकारले टोली गठन गरेर सबै स्थानीय तहमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खटाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
टोलीमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन जना रहने छन् ।
उनका अनुसार गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने छ ।
सो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने र अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया