ताजा समाचार

वैशाख २६ मा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

आइतबार, २१ बैशाख २०७७, १३ : २०

काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।  कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ । 

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।

आइतबार, २१ बैशाख २०७७, १३ : २०

प्रतिक्रिया