उपत्यकामा मात्रै कोरोना संक्रमित १० हजार नाघे

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् । पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको छ ।

 स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको छ ।
उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदासमेत संक्रमितको संख्यामा कमी देखिएन । कोइरालाका अनुसार बुधबार उपत्यकामा ५ सय ३ जनामा संक्रमण देखिएको थियो । 
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ । काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । यो खबर कान्तिपुरमा छापिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया