हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

२ हप्ता अगाडि

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साविकको गुराँस लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभए अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया