सामान्य अंकले बढायो नेप्से : तीन अर्बभन्दा बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं । आज (सोमबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३.०८ अंकले बढेको छ ।

कारोबारको सुरुमा केही समय  उकालो लागेको  नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०।८१ प्रतिशतले घटेको  छ ।

आज ११ बजे १५३७.२४ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा  ०.२० प्रतिशतले बढेर   १५४०.३३ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ५ उपसमुह भने  हरियोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९० कम्पनीको ८५ लाख ५१ हजार ३६२  कित्ता शेयर ४३ हजार ८३२ पटक खरिद विक्री हुदाँ ३ अर्ब १० करोड ३३ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया