बीओकेको संस्थापक शेयर लिलामी बिक्री आजदेखि पुनः खुल्ला

३ बर्ष अगाडि

काठमाडौं – निषेधाज्ञाका कारण स्थगन गरिएको बैंक अफ काठमान्डौं (बीओके) को संस्थापक समूहको सेयर लिलामी आजदेखि पुनः खुल्ला गरिएको थियो । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको निषेधज्ञाका कारण शेयर लिलामी गत भदौ १५ गते देखि स्थिगत गरेको थियो ।

तर, आज भदौं १५ गते देखि त्यसमा शिलवन्दी बोलपत्र पेश गर्न सकिने छ । आगमी असोज ४ गतेसम्म आवेदन दिनसकिने बताइएको छ । 

बैंकले यसअघि भदौ १ गतेबाट भदौ ८ गतेसम्मको अवधी तोकेर शेयर लिलामीमा ल्याएको थियो । त्यसपछि म्याद थप गरेर भदौ १५ सम्म पुर्याएको थियो । यस अवधीमा निषेधाज्ञा भएपछि स्थगन गरिएको हो । बैंकले ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्न लागेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया