आईपीओ निष्काशन गर्न लागेको जनरल इन्स्योरेन्सको वित्तिय अवस्था कस्तो छ ? हेर्नहोस्

३ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएसँगै जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर निष्काशन तयारीमा छ । उक्त कम्पनीले गत भदौ २५ गते बोर्डबाट स्वीकृति पाएको थियो । योसँगै कम्पनीले आईपीओ निष्काशनको थप प्रक्रिया अगाडि बढाएको छ । साथै, आम लगानीकर्ताहरु पनि त्यसको प्रतिक्षामा रहेको छन् । 
आईपीओ निकाष्शन गर्न लागेको यो कम्पनीको वित्तिय अवस्था कस्तो छ भन्नेबार भने कमै लगानीकर्ता जानकार छन् । हेरौं यो कम्पनीको वित्तिय अवस्था कस्ता् छ 
कम्पनीले गत आवमा अघिल्लो आवको भन्दा ३९ प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले गत आवमा ५ करोड ६ लाख नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ६२ करोड लाख नाफा कमाएको छ । 
हाल कम्पनीको चुक्तापुँजी भने ७० करोड रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी १ अर्बको पुग्ने छ । 
यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ  रू. ११४.६८ छ । गत आवसम्म कम्पनीको जगेडा कोषमा रू. ४ करोड ६६ लाख र बीमा कोषमा रू. ५ करोड १० लाख जम्मा गरेको छ । अघिल्लो आवमा उक्त कोषमा रु. २ करोड ८६ लाख थियो । 
यस्तै, बीमा शुल्क तर्फ पनि कम्पनीको सफलता देखिएको छ । कम्पनीले गत आवमा रू. ५३ करोड ६९ लाख बीमाशुल्क आर्जन गरेको छ । जुुन अघिल्लो आवको तुलनामा ६१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३३ करोड २५ लाख बीमाशुल्क संकलन गरेको थियो ।  यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया