महिला लघुवित्तले आईपीओ निष्काशन गर्ने

३ बर्ष अगाडि

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । 
यसका लागि लघुवित्तले शेयर बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई मंगलबार नियुक्त गरेको छ । 
लघुवित्तको तर्फबाट सीईओ कृष्ण न्यौपाने र एसबिआई मर्चेण्ट बैकिङको तर्फबाट रोशनी भारतीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

हाल कम्पनीको चुक्तापुँजी ६ करोड छ । आईपीओ  निष्काशन पछि त्यो ४ करोड पुग्ने छ । 
अब कम्पनीको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ । बोर्डले स्वीकृति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया