नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

असोज २, २०७७ | आजको अर्थ
ajaako_artha

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघिसारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो ।

‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड–१९ को महामारीले सृजना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारका प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले आज जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८