संसदको विशेष अधिवेशन तत्काल बोलाइनुपर्ने : काँग्रेस नेता अर्जुन

३ बर्ष अगाडि

काँग्रेस प्रभावशाली नेता अर्जुन नरसिंह केसीले संसदको विशेष अधिवेशन तत्काल बोलाइनुपर्ने बताएका छन् । त्यसका लागि कांग्रेसले पनि जोडदार माग गर्न जरुरी रहेको नेता केसीको भनाइ छ । 

‘मुलुक छ महिनायता कोरोना महामारी र भीषण प्राकृतिक प्रकोपको वितण्डा को कारण स्खलित हुदै ,जनता भय, त्रास र आतंकले पीडित छ।जनता चौतर्फी आक्रोश निराशा र जीवनमरणको दोसाँधमा छन् । तर यही महामारीको आडमा सत्ताधारीहरू निर्वाध रूपबाट भ्रष्टाचार, राष्ट्रिय ढुकुटीको दोहन, असंवैधानिक तथा मनपरि नियुक्ती र पँजनी, फजुल खर्च गर्दै, मुलुकको संकटलाई अझ गहिरो बनाउँदै, पदको झम्टाझम्टीमा मात्र रुमल्लिने, भ्रष्टहरूलाई उन्मुक्ति, अर्कातिर गरिब, ज्यालादारीमा निर्वाह गर्ने समुदायको अकाल मृत्यु, कि आत्महत्या र स्वदेश फर्केका बेरोजगार युवाहरू विवश भएर पुनः विदेशिने स्थिति र गम्भीर रोगीहरूप्रति सरकारले देखाएको गैरजिम्मेवारी एवं भ्रष्टहरुका क्रियाकलापलाई प्रधामन्त्रीबाट ढाकछोप र अभयदानबारे संसदको विशेष अधिवेशन अनिवार्य भएको छ’, नेता केसीले आइतबार सामाजिक सञ्जलमार्फत भनेका छन् । 

उनले  राष्ट्रिय महत्वको विषयमा प्रमुख प्रतिपक्ष र जनप्रतिनिधिहरुको गम्भीर छलफल र विश्लेषण हुनु राष्ट्रिय माग भएको बताएका छन् । 

तर कुर्सीको झगडामा संसदलाई बाधक मानेर सभामुखलाई समेत जानकारी नदिई सरकारले गत असारमै वर्षे अधिवेशन विसर्जन गरेको भन्दै उनले विरोध समेत गरेका छन् । 

‘महामारीका बीच संघीय संसदको अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने वास्तविकता, बेलायत र भारतमा कोरोना महामारीबीच चलेका संसद अधिवेशन, दक्षिण कोरियामा सम्पन्न आमनिर्वाचन, जापानमा सरकार हेरफेर, अमेरिकामा हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आदि गतिविधिबाट प्रमाणित हुन्छ’ केसीको भनाइ छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरी मुलुकको वर्तमान संकट र परिस्थितिबारे समाधानमूलक विश्लेषण, समीक्षा गरी जनउत्तरदायी निष्कर्षमा पुग्ने भूमिका निर्वाह गर्न प्रमुख विपक्षी पार्टीको कर्तब्यअनुरुप नेपाली काँग्रेसले पहल र प्रयास गर्नु पनि अत्यन्त जरुरी रहेको उनको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया