आईपिओ निष्काशन गर्न लागेको प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

३ बर्ष अगाडि

प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो साधारणसभा डाकेको छ ।

इन्स्योरेन्स कम्पनीले यही असोज २९ गते सभा आह्वान गरेको हो । 

कम्पनीको साधारणसभा बिहिबार काठमाडौँको होटेल मेरियटमा बस्ने बताइएको छ । 

सभामा आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णय अनुमोदन गर्ने लगायतका साधारण प्रस्ताव पेश हुने छ । 

कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया