सुनको भाउ बढ्यो

मंगलबार, १६ असोज २०७५, १२ : २५

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ रु ३ सयले बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुनको भाउ तोलामा ५७ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलमा ४७ हजार ८ सयमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलमा रु ८३५ मा कारोबार भइरहेको छ ।

मंगलबार, १६ असोज २०७५, १२ : २५

प्रतिक्रिया