पछिल्लो २४ घण्टामा थपिए ४३ सय ९२ नयाँ कोरोना संक्रमित , ३ हजार ५ सय २२ जना डिस्चार्ज

३ बर्ष अगाडि

काठमाडौँ , पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया