दुई महिनामा कति आयो रेमिट्यान्स, यस्तो छ राष्ट्र बैंकको तथ्यांक

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको महामारीका बीच पनि चालु आर्थिक बर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रावह बढेको छ । भदौं सम्म रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले बढेको छ । 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार भदौसम्म नेपालमा रु. १ खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स आएको छ । 
गत बर्षको सोही अवधीमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । 
अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।   

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया