सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ ः मन्त्री श्रेष्ठ

३ बर्ष अगाडि

सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन । 

विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुनेछ भने । मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया