माछापुच्छ्रे बैंक अग्नि इन्कर्पोरेटेडबीच व्यावसायिक सम्झौता

३ बर्ष अगाडि

काठमाडौं- माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यावसायिक सम्झौता भएको छ । 

अब महिन्द्रा बाण्डका गाडी खरिद गर्न चाहने ग्राहकलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रेबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

 माछापुच्छ्रेबैंकले देशभर १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया