बीमा समितिका अध्यक्षको कार्यकाल आजदेखि सकिदैंः यस्ता छन् उनले गर्न नसकेका काम ?

३ बर्ष अगाडि

काठमाडौं – बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल आजदेखि सकिने भएको छ । समितिको अध्यक्षको रुपमा आज उनले अन्तिम हाजीर गर्ने छन । त्यो अनुसार आज कार्यालय समय पश्चात उनको कार्यकाल सकिने छ । उनको कार्यकाल आजदेखि सकिने भएपनि उनी गत पुस १२ गतेदेखि नै विदामा बसेका छन. ।

उनी २०७३ पुस २४ गते समितिको अध्यक्षमा पद बहाली गरेका थिए । आज उनले ४ बर्षे कार्यकाल पुरा गरेर समितिबाट विदाई हुन लागेका हुन् । २ ०७३ पुस १४ गतेको तत्कालिन मन्त्रीपरिषद् बैठकले उनलाई समितिको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको थियो ।
उनको कार्यकाल सकिएको सन्दर्भमा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरुले उनको कार्यकाल सफल भएको बताएका छन् । कतिपय सरोकारवालाहरुले भने अध्यक्ष चापागाईं केही बिषयमा असफल भएको पनि बताएका छन् । 
बिशेषगरि बीमा पहुँच बढाउन तथा बीमा क्षेत्रको विस्तारमा अध्यक्ष चापागाईंले महत्पूर्ण काम  गरेको बताइएकोछ । साथै, नीतिगत सुधार तथा निर्माण गरेर बीमा उद्योगलाई माथि उकास्न काम गरेको पनि उनीहरुको भनाइ छ । 
 

यस्ता छन् उनले गरेका काम 
उनले अध्यक्ष पदमा बस्दा नेपालमा बीमाको पहुँच ७ प्रतिशत मात्र थियो । तर, अहिले त्यो २३ प्रतिशत नजिक पुगेको छ । बीमा समितिमा कर्मचारी थप गरेर नियमनको कार्यलाई बलियो बनाउने काम पनि उनीबाट भएको छ ।
यस्तै,  बीमा तालिम केन्द्रको स्थापना गर्ने, बर्षाैदेखि पेन्डिङमा रहेको कम्पनीलाई लाइसेन्स दिने,, बीमा कम्पनीमा सुशासन कायम गर्ने, बिभिन्न बिषयमा नीति बनाउने, बीमा क्षेत्रमा नेपाल फाइनान्सीयल रिपोर्टिङ सिस्टम (एनएफआरएस) लागू गर्ने बिषयमा अध्यक्ष चापागाईंले काम गरेका छन.।

यस अवधीमा बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका ल्याउने, कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, संस्थागत शुसासन सम्बन्धी निर्देशिका ल्याउने लगायतका उनीबाट भएका छन् । 
समग्रमा नेपालको बीमा बजारलाई वित्तिय क्षेत्रको मेन स्टीममा ल्याउने काम उनले गरेको देखिन्छ ।  ७ दशकसम्म पनि नेपालको बीमा क्षेत्रले व्यवसायीक गति लिन सकेको थिएन । तर, उनले बीमा क्षेत्रलाई व्यवसायीक गतिमा अगाडि बढाउन ठुलै काम गरेको बताइन्छ । नयाँ कम्पनीलाई लाइसेन्स दिएर बजारमा प्रतिस्पर्धा बढाउने लगायतकका काम उनीबाट भएका छन् । 

उनले गर्न नसकेका काम
यी यस्ता काम गर्दा पनि अध्यक्ष चापागाईं केही बिषयमा चुकेका छन् । बीमा समितिले नयाँ भवन बनाउने भनेर योजना बनाएको करिब ३ बर्ष नै भयो । तर, उनले यो कामलाई टुंगोमा पुर्याउन सकेनन् । बीमाको पहुँच गाउँ गाउँमा पुगेपनि गरिबी जनतालाई बीमाको दायरामा ल्याउन नसकेको बताइन्छ । बीमा तालिम केन्द्रलाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको सरोकारवालाहरु बताउछन् । 
यस्तै, थुप्रै नीतिगत परिवर्तन गरेपनि यसमा फराकिलो व्यवस्था नगरेको बताइएको छ । यसका अलावाा नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिए पनि उनीहरुको लागि बजार बनाउन नसकेको बताइन्छ । 
यसका अलावा बीमा सुचना केन्द्र बनाउने, यसका अलावा बीमा ऐन ल्याउने,  विश्वविद्यालयहरुमा बीमा कोर्सका लागि पहल गर्ने, लघुबिमालाई विस्तार गर्ने काम अध्यक्ष चापागाईबाट हुन सकेन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया