दाङ । लुम्बिनि प्रदेशको स्थायी राजधानि दाङ तोकेपछि पहिलोपटक प्रधानमन्त्री केपि ओलि दाङ आइपुगे । ओलि पक्ष नेकपा दाङले गरेको बृहत आमसभा र देउखुरिको राप्ती नदिमा निर्माण भएको नेपालकै दोस्रो पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ आइपुगेका हुन । उनी नेपाली सेनाको हेलिकप्टरबाट दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुलमा अवतरण गरे ।
प्रधानमन्त्री ओलीले पुलको औपचारिक उद्घाटन गरेपछि उनि देउखुरिको लालमटियामा ओलि समुहले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गरे ।
गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुल प्रधानमन्त्री ओलीले उद्घाटन गरे। प्रधानमन्त्रीले पुल उद्घाटन र बृहत आमसभा गर्न आउने कार्यक्रममा करिब ५० हजार मानिस उतार्ने ओली समूहले दाबि गरे ।ओलि पक्षले ५० हजार उपस्थित गराउने दाबी अनुसार दाङमा प्रचार प्रसार गरे । प्रधानमन्त्री आउने भएपछि सिडियो र एसपि, दाङका सबै धेरैजसो जनप्रतिनिधि, रास्ट्रिय सभा सदस्य, बिघटित प्रतिनिधि सभा सदस्यदेखि ओलि पक्षिय नेता, कार्यकर्ता चार दिनदेखि देउखुरिमा छन ।
पुल उद्घाटनपछि राप्ति गाउँपालिका–२ लालमटियामा आयोजना हने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न गए । ओलि पक्षले साबिक राप्तीका जिल्ला र लुम्बिनि प्रदेश भरिबाट कार्यकर्ता ल्याएको थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले करिब १० देखि १५ हजार नेता, कार्यकर्ता उपस्थिती रहेको आँकलन गरेको बताएका छन । दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले करिब १५ हजारको हारहारिमा उपस्थिती रहेको आफुहरुले अनुमान गरेको बताए । त्यस्तै जिल्ला प्रहरि प्रमुख गणेश चन्दले दाङको देउखुरिमा भएको आमसभामा १० हजार भन्दा माथी नै नेता, कार्यकर्ता उपस्थिती रहेको दाबी गरे । प्रधानमन्त्री ओली दाङ आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रधानमन्त्रीको सुरक्षाका लागि १ हजार बढि सिभिल र डेस्रमा परिचालन गरिएको थियो । प्रधानमन्त्री आउने भएपछि सडकभरि बाक्लोरुपमा प्रहरिको उपस्थिती रहेको थियो । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, सीमा सुरक्षा बल भालुवाङबाट सशस्त्र प्रहरी र घोराहीस्थित रिपुमर्दन गणबाट नेपाली सेनाको टोली खटिएको थियो ।
चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली दाङ आएका हुन्।
दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली र प्रचण्ड यतिबेला दूई चिरामा छन्। यस्तो बेला प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न महत्व दिएर ओली दाङ आउनुलाई निकै चासोका साथ हेरिएको थियो ।
दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै निर्माण पुरा भएको थियो ।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ ।
करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।
पुल चार वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । निर्धारित समय भन्दा पहिलै पुल निर्माणको काम पुरा गरेपछि निर्माण कम्पनीको निकै प्रशंशा बटुलेको थियो ।
राप्ती नदीको यो पुल निर्माणको काम यसअघि नेपालकै सबैभन्दा लामो गेरुवाको पुल निर्माण गरेको कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले गरेको हो । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा निर्मित ‘गेरुवा पुल’को नामले चर्चित उक्त पुलको लम्बाई १ हजार १५ मिटर लामो छ ।
राप्ती नदीमा यो पुल निर्माण हुनुभन्दा पहिला बर्षामा स्थानीयले डुँगाबाट वारपार गर्ने गर्दथे । राप्ती नदीको वारिपारी खेतबारी भएका किसानले बर्षामा बाढी आउँदा ज्यानकै बाजी थापेर खेतिपातिका लागि वारपार गर्नु पर्ने बाध्यता थियो । कित, कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । राप्ती र गढवा गाउँपालिका जोड्ने पुल राप्ती नदीमा निर्माण भएपछि आज पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन । लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । अब राप्ती गाउँपालिकाबाट सोझै गढवा गाउँपालिका जान सकिन्छ ।
प्रतिक्रिया