प्रि ओपनमा आज पनि घट्यो चन्द्रागिरी हिल्सको शेयर मुल्य, कति छ नयाँ मुल्य

३ बर्ष अगाडि

काठमाडौं – मंगलबार पनि प्रि ओपन सेसनमा चन्द्रागिरी हिल्सको शेयर मुल्य घटेको छ । प्रि ओपनमा उक्त कम्पनीको मुल्य ५ अंकले घटेको हो । 

हिजो उक्त कम्पनीको शेयर मुल्य १७३ रुपैयाँ थियो । तर, आजको प्रि ओपनमा त्यो २.८९ प्रतिशतले घटेर १६८ रपैयाँ कायम भएको छ । 

प्रि ओपनमा सोही मुल्यमा नै उत्त कम्पनीको १० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त १० कित्ता शेयर ब्रोकल १८ ले खरिद गरेको छ भने १३ नम्बरको ब्रोकरले बिक्री गरेको छ । 
गत शुक्रबार नेप्सेमा सुचिकृत भएको उक्त कम्पनीको नियमीत शेयर कारोबार आइतबारदेखि सुरु भएको हो । सो दिन १६१ बाट उक्त कम्पनीको शेयर कारोबार भउको थियो । त्योदिन झिनो रुपमा बढेको उक्त कम्पनीको शेयर मुल्य सोमबारको प्रि ओपनमा पनि घटेको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया