नेप्सेमा २७ अंकको गिरावट, कारोबार रकम ४ अर्ब नजिक

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । 

कारोबारको सुरुवातबाटै ओरोला यात्रा तय गरेको बजारमा २ बजे सम्म आइपुग्दा २७.९१ अंकको गिरावट आएको छ । 

अहिले नेप्से २५ सय ३३.५७ को विन्दुमा रहेको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १३० कम्पनीको शेयर मूल्य घटेको छ भने २५ कम्पनीको शहेयर मूल्य  बढेको छ । 

त्यस्तै, अहिले सम्ममा कारोबारमा आएका १८८ कम्पनीको ७० लाख ३७ हजार कित्ता शेयर कारोबार हुदाँ ३ अर्ब ९३ करोड रुपैयाँँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया