सहकारीले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालयबाट रु एक करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रु ३० लाख र सहकारीको रु ३० लाख गरी रु एक करोड ६० लाखमा एक सय जना कृषकलाई भैंसी वितरण गरेको छ ।
एक जना कृषक बराबर रु एक लाख रकमको भैंसी वितरण गरिएको संस्थाका व्यवस्थापक चीनबहादुर खत्रीले जानकारी दिए । कृषकले स्थानीयस्तरमा उत्पादन गरेका चिजबस्तु आफ्नै गाडीमा निर्यात हुन्छ, उनले भने, “चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ ।” सहकारीले बाँझो जमीन भाडामा लिएर कृषक र कृषि प्राविधिक जमीनमार्फत उत्पादनमा जोड्ने लक्ष्य रहेको छ ।
उद्योग सञ्चालन हुँदा स्थानीयवासीले रोजगारी पाउने छन् । यसले गर्दा रोजगारीका लागि भारत जानुपर्ने वाध्यतामा कमी आउने उनको भनाइ छ । सहकारीले थालेको यो अभियानमा कृषक पनि निकै उत्साहित बनेका छन् ।
सहकारीले कृषकले उत्पादन गरेका बस्तुको बजार व्यवस्थापन गरिदिए अधिकांश कृषकले व्यावसायिक रुपमा कृषितिर लाग्ने पौडेलको बुझाइ छ ।
पौडेल मात्र होइनन् चामुण्डाबिन्द्रासैनी–३ का तिलक तिमिल्सिनाले दूध बिक्रीबाट मासिक रु नौ हजार कमाउने गरेको जानकारी दिए ।
प्रतिक्रिया