काठमाडौं- साताको तेस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेक्च –नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।
आज २६०७.६७ को बिन्दुबाट कारोबारको सुरु भएको परिसुचक अन्तिम समयसम्म आइपुग्दाँ २१.१६ अंकले ओरालो लाग्दै २५८६.५१ को बिन्दुमा पुग्दै कारोबार बन्द भएको छ ।
आज सुरुवातबाट नै परिसुचक ओरालो लागेको हो । ३ बजेसम्म परिसुचक ०.८१ प्रतिशतले घटेको हो ।
सेन्सेटिभ पनि कारोबारको अन्तिमसमयसम्म आउँदा २.४१ अंकले ओरालो लाग्दै ४६७.९४ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमध्ये ११ उपसमुहमा राताम्मे छाएको छ भने व्यापार समुह २६.७३ अंकले बढ्दै २९९९.५२ को बिन्दुमा पुगेको छ ।
कारोबारको अन्तिमसमयसम्म १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर ८३ हजार ३५७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका २०५ कम्पनीमध्ये ११८ कम्पनीको शेयर मुल्य घटेको छ भने ४६ कम्पनीको शेयर मुल्य बढेको हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।