पछिल्लो २४ घण्टामा ७८ जनामा संक्रमण पुष्टि, ७२ जना सङ्क्रमणमुक्त

३ बर्ष अगाडि

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सोही अवधीभर चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । 

यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया