दुई करोड ९९ लाख जनतालाई ५ हजार ९ सय ५८ बैंक तथा वित्तिय संस्था, कुन प्रदेशमा कति  ?

आइतबार, ०८ चैत्र २०७७, १७ : ४४

काठमाडौं । नेपालमा निक्षेप जम्मा गरेबापत ब्याज दिने बैंक तथा वित्तिय संस्थाको संख्या ५ हजार ९ सय ५८ पुगेको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्त सम्म ए, बी र सी बर्गका समेत देशभर ५ हजार ९ सय ५८ वटा वित्तिय संस्थाले सेवा प्रवाह गरेका हुन् । 

ए बर्गमा वाणिज्य बैंक, बी मा विकास बैंक र सी अन्तर्गत फाइनान्स तथा सहकारी संस्थाहरु पर्दछन् । चालु आवको माघ मसान्त सम्म मुलुकभर रहेका कुल बैंक तथा वित्तिय संस्थामध्ये वाणिज्य बैंकको संख्या ४ हजार ६३७, विकास बैंकको संख्या १ हजार ६५ र अन्य वित्तिय संस्थाको संख्या २ सय ५६ रहेको छ ।

यस्तै प्रदेश अनुसार हेर्दा, प्रदेश नम्बर १ मा हाल ९ सय २२ बैंक तथा वित्तिय संस्था रहेका छन् । प्रदेशमा रहेका कुल बैंक तथा वित्तिय संस्थामध्ये वाणिज्य बैंकको संख्या ७ सय ५, विकास बैंकको संख्या १ सय ७३ र अन्य वित्तिय संस्थाको संख्या ४४ रहेको छ । हाल प्रदेशमा कुल ४९ लाख ४४ हजार ७० जनसंख्या छ । उक्त प्रदेशमा रहेको कुल जनसंख्याको हिसाबले प्रदेशमा रहेका कुल बैंक तथा वित्तिय संस्थामध्ये एक बैंकले ५ हजार ३ सय ६२ जना सेवाग्राहीलाई सेवा दिनुपर्ने हुन्छ । 

प्रदेश नम्बर २ मा ८ जिल्लामा गरी ६ सय ४७ वटा बैंक तथा वित्तिय संस्था रहेका छन् । सो प्रदेशमा रहेका कुल बैंक तथा वित्तिय संस्थामध्ये ५ सय ३५ वाणिज्य बैंक, ७८ विकास बैंक र ३४ वटा अन्य संस्था रहेका छन् । कुल ६२ लाख ५६ हजार १६६ जनता रहेको यो प्रदेशमा एक बैंक तथा वित्तिय संस्थाले ९ हजार ६६९ जनता हेर्नुपर्ने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस्तै, बाग्मती प्रदेशमा हाल सम्म २ हजार २९ बैंक तथा वित्तिय संस्था रहेका छन् । जसमध्ये पनि १ हजार ६ सय ३८ वाणिज्य बैंक, २ सय ९३ विकास बैंक र ९८ अन्य वित्तिय संस्था छन् । कुल जनसंख्या र प्रदेशमा रहेका कुल बैंक तथा वित्तिय संस्था हेरेर हिसाब गर्दा औसतमा एक बैक तथा वित्तिय संस्थाको भागमा ३ हजार १ सय ७३ जना जनता पर्न आउँछन् । वाग्मती प्रदेशमा ६४ लाख ३७ हजार ७८८ जनसंख्या रहेको छ ।

कुल २५ लाख १९ हजार १३९ जनसंख्या रहेको गण्डकी प्रदेशमा हाल ७ सय ९१ बैंक तथा वित्तिय संस्थाले जनतालाई सेवा दिइरहेका छन् । कुल बैंक तथा वित्तिय संस्थामध्ये ५ सय ७५ वाणिज्य बैंक, १ सय ८५ विकास बंैंक र ३१ अन्य वित्तिय संस्था छन् । प्रदेशको कुल जनसंख्ष्याको हिसाबले एक बैंक तथा वित्तिय संस्थाले ३ हजार १ सय ८५ जना जनतालाई सेवा दिनुपर्ने हुन्छ । 

यसैगरी, लुम्बिनी प्रदेशमा ५ मा ६ सय ७९ वाणिज्य बैंक, २ सय ७५ विकास बैंक, ३९ अन्य वित्तिय संस्था गरी कुल ९ सय ९३ बैंक तथा वित्तिय संस्था छन् भने कुल ५० लाख ९८ हजार २६२ जनता रहेको उक्त प्रदेशमा एक बैंक तथा वित्तिय संस्थाको भागमा औसतमा ५ हजार १३४ जना जनता पर्ने आउँछन् । 

सबैभन्दा कम बैंक तथा वित्तियका शाखा कर्णाली प्रदेशमा रहेका छन् । प्रदेशमा हाल २ सय १० बैंक तथा वित्तिय संस्था छन् । जसमध्ये १ सय ८९ वाणिज्य बैंक, १७ विकास बैंक र ४ अन्य वित्तिय संस्था रहेका छन् । कर्णालीमा रहेको कुल १८ लाख ९ हजार ७८३ जना जनतामध्ये एक बैंक तथा वित्तिय संस्थाले ८ हजार ६ सय १८ जना जनतालाई सेवा दिनुपर्ने हुन्छ । 

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ३ सय ६६ बैंक तथा वित्तिय संस्था छन् । प्रदेशमा रहेका कुल बैंक तथा वित्तिय संस्थामध्ये ३ सय १६ वाणिज्य बैंक, ४४ विकास बैंक र ६ अन्य वित्तिय संस्था रहेका छन् । कुल २९ लाख ३१ हजार २६९ जनसंख्या रहेको उक्त प्रदेशमा एक बैंक तथा वित्तिय संस्थाले ८ हजार ९ जना सेवाग्राहीलाई सेवा दिनुपर्ने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 
 

आइतबार, ०८ चैत्र २०७७, १७ : ४४

प्रतिक्रिया