अब कोरोना रिपोर्ट ३ घण्टामै उपलब्ध हुने

३ बर्ष अगाडि

कोरोना परीक्षणको रिपोर्ट अब  ३ घण्टामै उपलब्ध हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  जेनस्पोर्टबाट कोरोना परीक्षण गरी  ३ घण्टामै  रिपोर्ट उपलब्ध गराउने भएको हो । 

बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गरिने प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले बताए ।

यो सेवा तुरुन्त उपचार गर्नुपर्ने अवस्था मात्रै दिइने छ । ३ घण्टा भित्र कोरोना परीक्षणको रिपोर्ट पाउनका लागि चिकित्सक वा अनिवार्य अस्पतालले सिफारिस गर्नुपर्ने अधिकृत चौधरीले बताए । तर, कोरोनाभाइरस कोभिड—१९ परीक्षणका लागि सरकारले तोकेको शुल्क एक हजार नै लाग्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया