आज सुनको भाउ कति ?

सोमबार, ०३ मंसिर २०७५, १३ : ११


सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ । दुई दिनदेखि यहि मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

यता चाँदीको पनि दुइ दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार, ०३ मंसिर २०७५, १३ : ११

प्रतिक्रिया