बुधबार दोहोरो अंकले ओरालो लागेर २७८०.८१ को बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम भने नयाँ उचाईमा

बुधबार, ०५ जेठ २०७८, १५ : ५५

काठमाडौं, कारोबारको चौथो दिन नेपाल स्ट (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबारको अन्तिम समयसम्म आउँदा १३.०९ अंकले घटेर २७८०.८१ को बिन्दुमा झरेको छ ।

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ८ उपसमुह ओरालो लागेको छ भने बाँकी  ५ उपसमुह बढेका छन। 

यस्तै, ३ बजेसम्म् कारोबारमा आएका २१४ कम्पनीको २ करोड ५१  लाख २१ हजार ५५४ कित्ता शेयर १ लाख ३२ हजार ३६९ पटक किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा आज हाल सम्मकै उच्च कारोबार भएको छ ।  हिजो नेप्सेमा ११ अर्ब ३५ करोड रुपैंया बराबरको कारोबार भएको थियो ।

बुधबार, ०५ जेठ २०७८, १५ : ५५

प्रतिक्रिया