दोहोरो अंकले उकालो लागेको नेप्सेमा कतिको कारोबार ?

आइतबार, ०९ जेठ २०७८, १४ : २३

काठमाडौ, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टामा दोहोरो अंकले   उकालो  लागेको छ ।

कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक २०.११ अंकले बढेर २८०७.३० को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ३ उपसमुह ओरालो लागेका छन भने बाँकी उपसमुह बढेका हुन ।

यस्तै, २ बजेसम्म् कारोबारमा आएका २१९ कम्पनीको  १ करोड ७३ लाख ७२ हजार ८०४ कित्ता शेयर ९० हजार ८८८ पटक किनबेच हुँदा ८ अर्ब १३ करोड २ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

आइतबार, ०९ जेठ २०७८, १४ : २३

प्रतिक्रिया