आइतबार ऐतिहासिक उचाईमा नेप्से, साढे ११ अर्ब बढीको कारोबार हुदाँ  नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

आइतबार, ०९ जेठ २०७८, १५ : ४६

काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेर ऐतिहासिक उचाइ कायम गरेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये  होटल्स तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त  समूहको परिसूचक घटेका छन भने बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन,व्यापार, अन्य,जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छन ।

यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २२० कम्पनीको २ करोड ५१ लाख ६३  हजार ६६० कित्ता शेयर १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.४१  करोड ८६लाख बराबरको शेयर कारोबार भएको छ । 

आइतबार, ०९ जेठ २०७८, १५ : ४६

प्रतिक्रिया