काठमाडौं - उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसको लागि कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०औं देखि ३३औं वार्षिक साधारण सभा जेठ ३० गते आइतबार, उद्योगको समीक्षाहल, जलजले, उदयपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।
सभाको विशेष प्रस्तावमा ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने एजेन्डा रहेको छ । कम्पनीले सम्बन्धीत निकायको स्वीकृती लिएर उद्योगको नाममा रहेको ऋणको १ अर्ब ७२ करोड ५० लाख साँवा रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ व्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई साधारण सेयर कायम गरी नेपाल सरकारको सावाँ तथा व्याज रकम राफसाफ गर्न लागेको हो ।
त्यसैगरी, सभामा कम्पनीको ४ अर्ब रहेको जारी पूँजीलाई १० अर्ब पुर्याउने प्रस्ताव पनि विशेष प्रस्ताव रहेको छ ।
प्रतिक्रिया