तेस्रो घण्टामा ९.७८ अंकले बढेको नेप्सेमा साढे ९ अर्ब भन्दा बढीको कारोबार

सोमबार, १० जेठ २०७८, १४ : १३

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा कारोबारको तेस्रो घण्टामा ९.७८ अंकले बढेर २८२९.७८ विन्दुमा पुगेको छ । 

२ बजेसम्म कारोबारमा आएका  २१४ ओटा रू ९ अर्ब ४० करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये ५ वटा समुह ओरालो लागेका छन भने बाँकी ८ वटा समुह बढेका छन ।

यस अवधिसम्म  हाइड्रोइलेक्ट्रिक इन्भेसमेन्ट एण्ड डेपल्भमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ११ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ६८५ मा कारोबार भइरहेको छ ।

सोमबार, १० जेठ २०७८, १४ : १३

प्रतिक्रिया