काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) सामान्य अंकले बढेको नेप्से परिसुचक ऐतिहासिक उचाईमा पुगेको छ भने हाल सम्मकै उच्च कारोबार भएको छ ।
सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ३.०५ अंकले बढेर २८२३.०५ को बिन्दुमा पुगेर नयाँ किर्तिमान कायम गरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १ लाख ३६ हजार ४९९ पटक किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
आज हाइड्रोइलेक्ट्रिक इन्भेस्मेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब २६ करोड बराबरको शेयर कारोबार भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये ५ उपसमुह बढेका छन भने बाँकी ओरालो लागेका हुन ।
प्रतिक्रिया