काठमाडौं, साताको तेस्रो दिन मंगलवार चार ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लेभमा वृद्धि भएको हो ।
बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा ९.९५ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी, माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९.८६ प्रतिशत,युनिभर्सल पावरको ९.८४ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य ९.७८ प्रतिशतले वृद्धि भएको हो । ती चार ओटै कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
बरुण हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू.४८६,माउण्टेन हाइड्रोको रू. ३७९,युनिभर्सल पावरको रू.२७९ र घलेम्दी हाइड्रोको शेयर मूल्य प्रतिकित्ता रू. २४७ पुगेको छ ।
प्रतिक्रिया