काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक सामान्य अंकले उकालो लागेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक २.८३ अंकले बढेर २९७२.५५ को बिन्दुमा पुगेको छ ।
आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१२ कम्पनीका ९१ लाख ६९ हजार १४८ कित्ता शेयर ४ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया