तेस्रोे घण्टा : नेप्सेमा पहिरो,  १७६ कम्पनीको शेयरमूल्यमा गिरावट

आइतबार, ०६ असार २०७८, १४ : १७

काठमाडौं, कारोबारको पहिलो दिन ( आइतबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसुचक भारी अंकले ओरालो  लागेको छ ।

तीन घण्टाको अवधीमा परिसुचक ५०.३९  अंकले घटेर २९१८.०४ को बिन्दुमा पुगेको छ । 

आज २२८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २२८  कम्पनीका १ करोड ७६ लाख ४० हजार ३५१ कित्ता शेयर ७ अर्ब १९ करोड ४८ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, ०६ असार २०७८, १४ : १७

प्रतिक्रिया