काठमाडौं, साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सेन्च(नेप्से) मा भारी अंकको गिरावट आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट आएको हो ।
आइतबार पसिुचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।
आज २३१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुदाँ ११अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया