काठमाडौं, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गते (बुधबार) बाट ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी खुला गर्ने भएको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ ।
बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरीबाट आवेदन दिन पाइनेछ । यसैगरी, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया