काठमाडौं, कारोबारको तेस्रोे दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही मिनेटमै राधी विद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
मंगलबार कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर कारोबार १ हजार ६१ रुपैंयाबाट सुरु भएको हो जुन १०१ रुपैंयाले बढेर १ हजार ११२ रुपैंया पुगेको छ ।
शेयरमुल्य बढेसंगै खरिद कर्ताको चाप उच्च रहेको छ । यो समाचार तयार पार्दा सम्म (११ः१०) मा ४९ हजार ६७४ कित्ता शेयरको खरिद माग भएको छ ।
प्रतिक्रिया