काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमतिको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
जेठ ३१ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गरेको थियो ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
आईपिओ निष्काशन पछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धको काम सिभिल क्यापिटलले गर्ने छ ।
कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले केयरएनपी ट्रिपल बि रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया