प्रिसेसन र सेयर कारोबारको न्यूनतम मूल्य परिवर्तन, नयाँ मूल्य कति ?

विहीबार, १० असार २०७८, १४ : २८

काठमाडौं - नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्रको मूल्य सिमा र धितोपत्रको कारोबारमा न्युनतम मूल्य परिवर्तन गरेको छ । बोर्डले एक प्रेश विज्ञप्ति सार्वजनिक गर्दै यस सम्बन्धमा जानकारी गराएको होे ।  

बोर्डले दोश्रो बजारको प्रारम्भिक कारोबार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाएर २ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँ रहेकोमा सो सीमालाई घटाएर १० पैसा कायम गरिएको छ । 

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोश्रो संशोधन स्वीकृत गरेको हो । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउनेछ ।

विहीबार, १० असार २०७८, १४ : २८

प्रतिक्रिया