सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश सहित आइपीओ जारी गर्ने प्रस्ताव पनि पारित

विहीबार, १० असार २०७८, १७ : ३७

काठमाडौं, सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुँजीको अनुपात ८७.१०ः१२.९० हुने गरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो।

त्यस्तै सभाले गत आवको मुनाफावाट हालको चुक्तापुँजी को १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६  प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

विहीबार, १० असार २०७८, १७ : ३७

प्रतिक्रिया