खस्कँदै विदेशी लगानी, उद्योगमा १६ प्रतिशतले घट्यो

५ बर्ष अगाडि

काठमाडौं-  उद्योग क्षेत्रमा हुने वैदेशिक लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानी भने निराशाजनक छ ।
उद्योग विभागको तथ्यांकनुसार गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झन्डै १६ प्रतिशतले घटेको छ । विभागको तथ्यांकनुसार गत आर्थिक वर्ष २०७४÷७५ को १३ मंसिरसम्ममा उद्योग क्षेत्रमा विदेशी लगानी १५ अर्ब १९ करोड ७२ लाग ३० हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा यो लगानी घटेर १३ अर्ब १० करोड ८८ लाख ३० हजार रुपैयाँमा झरेको छ ।
विभागको तथ्यांकनुसार आर्थिक वर्ष २०७५÷७६ को १३ मंसिर र गत आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा विदेशी लगानी १५ दशमलव ९३ प्रशितले घटेको छ । उद्योग क्षेत्रमा विदेशी लगानी घट्दै गए पनि उद्योगको दर्ता संख्या भने बढ्दै गएको छ ।
गत वर्षको तुलना गर्दा यस वर्ष विदेशी लगानीका उद्योग दर्ताको संख्या भने १८ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५ को १३ मंसिरसम्ममा १३२ उद्योग दर्ता भएका थिए भने सोही अवधिमा चालू आर्थिक वर्षमा १६२ वटा उद्योग दर्ता भएका छन् । राजधानी दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया