काठमाडौं, ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले रू. १ अर्ब ५० करोड बरावरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्न लागेको कुल ऋणपत्रमध्ये ९ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने छ भने ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्ने जानकारी गराएको छ । सर्वसाधारणको लागि निष्कासन गर्ने ६ लाख कित्ता ऋणपत्र मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको र बाँकी रहेको ५ लाख ७० हजार ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्ता सम्म आवेदन गर्न पाउनेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा असार २३ रहेको छ भने त्यो समय अवधिमा विक्री नभएमा साउन ३ गते बैंकिङ समयसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै, आवेदकले ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया