४ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला, कुनको कति कित्ता ?

शुक्रबार, ११ असार २०७८, ११ : ३१

काठमाडौं, प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको हो ।

कम्पनीले प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र  प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

प्रभु बैंकको शेयरको न्यूनतम मूल्य रू। २२५, नेशनल लाइफ इन्स्योरेन्सको रू. ५००, ग्रामीण विकास लघुवित्तको रू. ६०० र प्राइम कमर्सियल बैंकको रू. २५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

उक्त शेयर खरीद गर्न योग्य इच्छुक संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

शुक्रबार, ११ असार २०७८, ११ : ३१

प्रतिक्रिया