काठमाडौं, कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डको एनएभी जेठ मसान्तमा रू. १०.७६ पुगेको छ । कम्पनीले जेठ मसान्तको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको हो ।
वैशाख महीनामा यस योजनाको एनएभी रू. १०.३४२ थियो । योजनाले वैशाख मसान्तमा रू. ३ करोड ४२ लाख १७ हजार नाफा कमाएकोमा जेठ मसान्तमा वृद्धि भएर रू. ७ करोड ६२ लाख ४७ लाख पुगेको हो । यस योजनाको नाफा वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा १२२ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी जेठ मसान्त सम्ममा यस योजनाको सूचीकृत शेयरमा रू. ५६ करोड २१ लाख ३३ हजार रहेको छ । यो लगानी वैशाख महीनामा रू. ४० करोड ७१ लाख ४७ हजार थियो ।
प्रतिक्रिया