जीवन विकास लघुवित्तको आईपीओमा ४ घण्टामै ४ गुणा बढीको आवेदन

शुक्रबार, ११ असार २०७८, १६ : ३३

काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्कासन गरेको आईपीओमा आवेदन खुल्ला भएको ४ घण्टामै माग भन्दा ४ गुणा बढीको आवेदन परेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार दिउँसो २:३० बजेसम्म ७३ लाख ८१ हजार ६० कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा २ गुणा बढी हो । 

आईपीओ खुलेको पहिलो दिनमै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।  

संस्थाले  आज ९असार ११ गते शुक्रबार० बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

शुक्रबार, ११ असार २०७८, १६ : ३३

प्रतिक्रिया