तेह्रथुम पावरले पायो आईपीओ निष्कासनको अनुमति, कति कित्ता ?

शुक्रबार, ११ असार २०७८, १७ : ३२

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार १० गते आईपीओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

शुक्रबार, ११ असार २०७८, १७ : ३२

प्रतिक्रिया