यो साता ५ कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

शनिबार, १२ असार २०७८, ०९ : ४४

काठमाडौं - यो साताा विभिन्न ५ वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ । नेप्सेकका अनुसार एउटा कम्पनीको बोनस सेयर, एउटा कम्पनीको हकप्रद सेयर, २ वटा म्युचुअल फण्ड र एउटा बैंकको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।

सूचिकृत हुने कम्पनीमा प्रभु क्यापिटल लिमिटेडकोे प्रभु सेलेक्ट फण्ड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड र एनआईबिएल समृद्धि फण्ड–२ को सेयर नेप्सेमा सूचिकृत भएकोे छ । 

प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख कित्ता इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि एक्ँ सिम्बोल प्रदान गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ९ लाख २० हजार २ सय ५०.७९ कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सारथी नेपाल लघुवित्तको ४ हजार एक सय ९९ कित्ता हकप्रद सेयर पनि मंगलबार नै नेप्सेमा सूचिकृत भएको हो । उक्त सेयर संस्थाले लिलामी मार्फत् बिक्री गरेको पुरानो हकप्रद हो ।

कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हो । ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड–२ को १५ करोड इकाई शुक्रबार नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ । 

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, सोमबारदेखि वैशाख १६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरिएको थियो । 

६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको थियो ।  सोही इकाई नेप्सेमा सूचीकृत भएको हो । 

शनिबार, १२ असार २०७८, ०९ : ४४

प्रतिक्रिया