काठमाडौं - आजदेखि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा “एनआईबिएल समृद्धि फण्ड २” को इकाई कारोबारमा आउने भएको छ ।
शुक्रबार धितोपत्र विनियमावली २०७५ अनुसार फण्डको १५ करोड इकाई सूचीकृत भएसँगे आजदेखि दोस्रो बजारमा फण्डको इकाई कारोबारमा आएको हो ।
क्यापिटलले बैशाख १३ गते देखि १६ गतेसम्म १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो ।
तर फण्डको इकाईमा मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याइएको थियो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले रितिपूर्वक आवेदन दिने आवेदकलाई बैशाख २४ गते फण्डको इकाई बाँडफाँड गरेको थियो ।
प्रतिक्रिया